पत्रकार महासंघको अध्यक्षमा को–को भिड्दै ?


काठमाडौं, बैशाख ८–नेपाल पत्रकार महासंघको आगामी नेतृत्वको लागि मुख्य तीन दल निकट संगठनहरुले आफ्नो तर्फबाट उम्मेदवारको घोषणा गरेका छन् । एमाओवादी निकट क्रान्तिकारी पत्रकार संघ, एमाले निकट प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनले अध्यक्षको उम्मेदवारको घोषणा गरेका हुन् ।
क्रान्तिकारीले अध्यक्षमा ओम शर्मा, चौतारीले महेन्द्र  विष्ट र युनियनले पोषण केसीलाई अघि सारेको हो ।
क्रान्त्किारी र चौतारीले यसअघि नै अध्यक्षको उम्मेदवार घोषणा गरिसकेपनि युनियनले भने आजमात्रै घोषणा गरेको हो ।
युनियनको सोमबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले लामो छलफलपछि अध्यक्षका छ जना आकाङ्क्षी मध्येबाट केसीको नाम सर्वसम्मत रुपमा चयन गरेको थियो ।
महासङ्घको अधिवेशन यही वैशाख २० र २१ गते काठमाडौंमा हुँदैछ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्