तीन दिनमा चेतन भगतको ‘टु स्टेस्टस्’ले कमायो ६४ करोड
(एजेन्सी) इन्डियन प्रिमियर लिग क्रिकेट शुरु भए पनि लेखक चेतन भगतको चर्चित किताबमा आधारित चलचित्र ‘टु स्टेस्टस्’ले रिलिज भएको केही दिनमा नै ४० करोड भारतीय रुपैयाँ (६४ करोड नेपाली रुपैयाँ) कमाई गरेको छ । यससँगै यो चलचित्र अहिलेसम्म सन् २०१४ को सबैभन्दा हिट चलचित्र बन्न पुगको छ । विश्वभर २,४०० स्क्रिनमा एकैपटक रिलिज गरिएको यो चलचित्रले पहिलो दिननै लगभग २० करोडको व्यापार गरेको थियो । भारतमा मात्र नभएर विदेशमा पनि यस चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ । पहिलो पटक चलचित्र निर्देशन गरिरहेका अभिषेक वर्माले यस चलचित्रको निर्देशन गरेका हुन् भने यसलाई करण जोहर र साजिद नाडियावालाले निर्माण गरेका हुन्


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्