रकम दुरुपयोग भइरहेकै छ, महामहिम !
नेपालमा पश्चिमा स्वार्थ स्पष्ट छ, यहाँ क्रिश्चियन मेसिनरी फैलाउने, चीनलाई घेर्ने अनी निकट भविश्यमै महाशक्ति मुलुक बन्न लागेका हाम्रा छिमेकी भारत र चीनलाई झिना मसिना मुद्दामा अलमलीन बाध्य पार्ने । यसकै लागि नेपाल पश्चिमाहरुको रणनीतिक स्वार्थको केन्द्र भएको हो, जुन स्वार्थ पुर्तिका लागि चलखेल गर्न उनीहरु नेपालका केही लोभी पापी पत्रकार, बुद्धीजिवी र राजनीतिक नेतालाई दलाल बनाउँछन् । कनकमणी दिक्षितको पछिल्लो प्रकरण त्यसकै घिनलाग्दो प्रकटीकरण हो । यदि सच्चा र देशभक्त नेपालीको आँखाले हेर्ने हो भने विदेशी दुताबासबाट रकम लिएर पत्रिका चलाउनु निकृष्ट धन्दा हो । विलकुल गलत हो । भोग विलासका लागि सहज आय आर्जन वा यथोचित श्रम खर्च गर्न नसक्ने मानिसको ‘इजी मनी’प्रतिको तिब्र इच्छालाई भजाएर दाताहरु यसलाई आफ्ना दास बनाउँछन् । यो पछिल्लो प्रकरण यसकै प्रकटीकरण हो । हैन भने, एउटा नेपाली पत्रिकालाई कुनै मुलुकको दुताबासले किन करोडौं रकम ‘चन्दा’ दिन्छ ? निश्चय नै, त्यो मुलुकले आफ्नै राष्ट्रिय स्वार्थ सिद्धीका लागि सहयोग गर्ने हो । नेपाली पत्रकारिताको विकासमा सहयोग गरेको नाममा दाताहरु यहाँका आफ्ना एजेन्टलाई पैसा बाँडछन् भन्ने तथ्य घामजत्तिकै छर्लंग छ । विदेशी दातामध्ये पश्चिमा शक्ति नेपालको भन्दा पनि आफ्नै साम्राज्यवादी स्वार्थ लिएर यो हिमाली मुलुकमा छिर्दैै आएका छन् । विदेशी दाताहरु नेपालमा आफ्ना मिसन, एजेन्डा वा कुत्सीत स्वार्थ सिद्ध गर्न सहयोग गर्छन् । कहाँसम्म भने विदेशमा प्रयोग नभएका औषधीसमेत नेपाली शरिरमा प्रयोग गर्न दाता आउने गर्छन् । आर्थिक सहयोग नेपाल घुस्ने बाटो हो, उनीहरुको । नर्वेलाई नेपाली पत्रकारिताको विकाससँग केको लेनादेना ? यदि नेपाली पत्रकारिताकै चिन्ता हुन्थ्यो भने महामहिमज्यूले कर्मचारीलाई महिनौंदेखी तलब दिन नसकेका पत्रिका र टेलिभिजन च्यानलाई सहयोग गरे हुन्छ नी ? कमसे कम त्यसबाट धेरै पत्रकारको हित हुन्थ्यो । जिवन जल नपाएर मान्छे मरीरहेको बेला तपाई किन विकासे ढाडे कुकुरलाई दुध खुवाउनुहुन्छ, महामहिम ? पश्चिमा स्वार्थ भारत र चीनजस्ता भौगोलिक सम्मिश्रण भएका मुलुकले नेपालमा गर्ने सहयोगमा उनीहरुका जायज स्वार्थ छन् । सीमा जोडिएकाले नेपालमा हुने कुनै पनि गतिविधिको असर चिन र भारतमा पर्छ । नेपालमा द्वन्द्व चर्किएमा त्यसले नेपाललाई मात्र हैन, चीन र भारतलाई पनि पिरोल्ने भएकाले यी दुई मुलुक नेपालमा शान्ति र स्थिरता चाहन्छन् । नेपालको शान्ति र स्थिरता नेपालको परम हितमा छ, साथै चीन र भारतको यो परम स्वार्थ पनि हो । यसरी चीन, भारत र नेपालवीच स्वार्थको समानता छ । यसैलाई पारस्परिक स्वार्थ भनिन्छ । कहिलेकाँही यो स्वार्थमा तलमाथि हुँदा समस्या उत्पन्न भए पनि त्यसले सबैलाई पिरोल्ने भएकाले समस्या तत्काल समाधान हुने गरेको छ । भारतसँग भाषा, संस्कृती, परम्परा र इतिहाससमेत जोडिएको छ । चीनसँग हामी भुगोलका आधारमा मात्र जोडिएका छौं । त्यसैले नेपालमा भारतको बढी प्रभाव पर्नु स्वाभाविक हो । तैपनि, चीनले नेपालमा आफ्नो प्रभाव विस्तार गर्दैछ । यस हिसाबले भारत र चीनको सहकार्यबाट फाइदा लिने प्रशस्त सम्भावना छ । भारत र चीनको मित्रताको पुल बनेर नै नेपालले फाइदा लिनसक्छ । पश्चिमा मुलुकहरु भारत र चीनबीच झगडा चर्काएर नेपालमा घुस्न चाहन्छन् । यो पनि स्पष्ट छ । किनकी, भारत र चीनबीच झगडा बढेमा उनीहरुलाई खेल्न सजिलो हुन्छ । यस मामलामा चीन र भारत सजग छन् । भारतसँग बढी नजिक हुने वा चीनसँग बढता निकट रहने भन्ने दुबै प्रवृत्ति नेपालका लागि हितकर छैन । नेपालको हकमा केही कुटनीतिज्ञले भन्दै आएको ‘चिण्डिया’ सम्बन्ध नै हितकर छ । १२बुँदेको मर्म संसदवादी दल र विद्रोही माओवादीवीच १२ बुँदे समझदारी भारतको राजधानी दिल्लीमा भयो, त्यसमा चीनिया पक्षको पनि भूमिका रह्यो । त्यो समझदारीबारे अमेरीकालगायतका पश्चिमा पक्षलाई कुनै जानकारी दिइएन । बाह« बुँदे समझदारी हुनु अघिल्लो दिन एमाले नेता माधव नेपाल दौडिएर दिल्ली पुगेको खबर थाहा पाएपछि नेपालस्थित तात्कालीन अमेरीकी राजदूत जेम्स. एफ. मोरीयार्टी हस्याङ–फस्याङ गर्दै दिल्ली पुगेका थिए । तर त्यसबेलासम्म १२ बुँदे समझदारी पक्का भइसकेको थियो । पश्चिमाहरुले त्यो प्रकृयामा खेल्न पाएनन् । केही दिनअघि दिल्ली भ्रमणका क्रममा मैले एकजना भारतीय कुटनीतिज्ञलाई सोधेको थिएँ, ‘१२ बुँदे समझदारीको प्रकृया किन गोप्य राखियो, किन पश्चिमालाई सुइकोसम्म दिइएन ?’ उनले त्यही उत्तर दिए, जुन हामीलाई पनि थाहा थियो, ‘पहिल्यै खबर गरेको भए पश्चिमाले भाँडने थिए, त्यसैले ।’ नभन्दै, दिल्लीबाट फर्कनासाथ मोरियार्टीले कान्तिपुर दैनिकमा अन्तार्वाता दिदै भने, ‘बाह« बुँदे समझदारी खतरनाक ।’ नेपालमा जुन १२ बुँदे समझदारीको जगमा आन्दोलन भयो, गणतन्त्र आयो, माओवादी शान्ति प्रकृयामा आयो र लोकतन्त्रको अभ्यास सुरु भयो, त्यही १२ बुँदे समझदारीलाई ‘खतरनाक’ भन्नुको पश्चिमा नियत त त्यसैबेला स्पष्ट भइसकेकै हो । यसमा धेरै बहस आवश्यक छैन । बाह्र बुँदे समझदारीले नेपाली राजनीतिमा पश्चिमा भूमिकालाई निषेध गरेको थियो, जुन अहिलेसम्म कायमै छ । जसले जतिसुकै व्याख्या विश्लेषण र मृगतृष्णा पाले पनि मुलुक अहिले पनि १२ बुँदे समझदारी बमोजिम नै चलिरहेको छ । त्यो समझदारीको मर्मलाई खण्डित गर्नसक्ने पाँचौ शक्ति (एमाओवादी, काँग्रेस, एमाले, मधेशवादीबाहेक) जन्मीएको छैन । काँग्रेस र एमालेले गणतन्त्र, संघियता र धर्म निरपेक्षताको मुद्दा छाडेको खण्डमा मात्र मुलुक १२ बुँदे समझदारी अगाडिको अवस्थामा पुग्ने हो, जुन असम्भव छ । किनकी, गणतन्त्र, धर्म निरपेक्षता र संघीयता नै त्यस्ता मुद्दा हुन्, जसले मुलुकमा शान्तिको सम्भावना बढाउँछ । यदि यी एजेन्डामा तलमाथि हुन्छन् भने मुलुक फेरि द्वन्द्वमा जान सक्छ । पश्चिमाहरुको ध्याउन्न भनेको १२ बुँदे समझदारीको मर्ममाथि प्रहार गर्नु नै हो । किनकी, जुन बिन्दुबाट उनीहरुको स्पेश गुमेको थियो, उनीहरु त्यही बिन्दुबाट प्रवेश गर्न चाहन्छन् । बृहत शान्ति सम्झौता विपरीत द्वन्द्वकालीन पुराना मुद्दा ब्युँताउनु, कुनै व्यक्तिलाई झुठो मुद्दामा फँसाउनु, फुजेललगायतका घटनालाई उछाल्नुका पछाडि त्यही नियत छ । अहिले सिंगो मुलुकको ध्यान संविधान निर्माणमा केन्द्रीत हुनुपर्नेमा त्यसलाई ओझेलमा पार्ने गरी मुलुकलाई बृहत शान्ति सम्झौताभन्दा पहिलेको अवस्थामा पु¥याउन खोज्नुको नियत ठिक छैन । अग्रगामी भावुकता आवश्यक नेपाली जनता भावुक छन् । यो हिमाली र पहाडी मुलुकमा प्रकृतिले नै नेपालीलाई भावुक बनाएको छ । उनीहरु सानो कुरामा उत्तेजित हुन्छन् र सानै कुरामा शान्त पनि भइहाल्छन् । सानै कुरामा रुन्छन्, अनी सानै खुशीमा हौसिन्छन् । बिगत १२ वर्षको हिंसात्मक द्वन्द्व पनि नेपाली जनताको भावुकताकै प्रतिफल थियो । ‘बुद्ध, सगरमाथा, भृकुटीको देश’ भन्दै सामन्तहरुले आम जनतालाई भोको पेटमा खोक्रो राष्ट्रवादको नारा दिए । नेपाली भावुक भए । हो त नी, हामी कति महान्, कति वीर । महाराजधिराज सरकारको बरद बाहुलीबाट दशैंमा टिका लगाउन पाउने हामी कति महान् । यस्तै यस्तै बकम्फुसे भावुकताले ओतप्रोत नेपालीलाई विद्रोही माओवादीले भावुकताको सही दिशामा होम्यो । ‘विश्व कहाँ पुगीसक्यो, हामी नेपाली अझै पनि गाँस, बास र कपासको जोहो गर्न सकेका छैनौं । उठ्नुस, अब जाग्नुस्, तपाइ जनता आफै भाग्य बिधाता हो, लड्नुस र आफ्नो अधिकार लिनुस्’ भन्दै विद्रोही माओवादीले जनतामा क्रान्तिकारी भावुकता उत्पन्न गरायो । यो भावुकताले सकारात्मक काम ग¥यो । जनता जुरुक्क जागे । मुलुकमा गणतन्त्र आयो । हरेक वर्ग, क्षेत्र र लिंगका जनता जागे । हरेक समुदाय आफ्नो हकका लागि आवाज उठाइरहेका छन् । अब उनीहरुको अधिकारलाई अथवा भनौं, परिवर्तनका एजेन्डालाई संस्थागत गर्न अर्को भावुक आन्दोलन जरुरी छ । त्यसका लागि सकारात्मक आवेग चाहिन्छ । अर्थात अग्रगामी भावुकता चाहिन्छ । चीनमा हवाङहो नदीको बाढीको प्रकोप बढेपछि कमरेड माओले आफ्ना जनसेनालाई त्यो विशाल नदीको दिशा नै बदल्न निर्देशन दिएको र लालसेनाले सामुहीक शक्तिको बलमा नदीलाई ठेगान लगाएको प्रसँग कतै पढेको थिएँ । नेपालमा यतिबेला संविधान निर्माणबाट संघीय लोकतान्त्रिक गणतन्त्र सँस्थागत गर्दै मुलुकलाई उत्पादन उन्मुख बनाउन अग्रगामी भावुकता या आवेगको खाँचो छ । त्यसका लागि जसरी सामन्तबादलाई उखेल्न काँग्रेस, एमाले र माओवादी मिले, त्यसैगरी यी शक्तिले मिलेर जनआन्दोलनमा झैं जनतालाई आन्दोलनको आवेगमा होम्न सक्छन् । हामी भावुक नेपाली देशको हितका लागि हनुमान झैं उत्रन तयार छौं । मुलुककाले खोजेको यही हो । बिडम्बना, कनकजीहरुले खोजेको अकैै हो । कनकजी आफै धनी हुनुहुन्छ, उहाँलाई गरीब नेपालीको के चिन्ता ? उहाँजस्ता ‘ग्लोबल थिंक’ गर्ने मानिसका लागि काठमाडौं शहर नै किन सुन्दर हुनुप¥यो, न्यूयोर्क नै सुन्दर छ । काठमाडौंका बाटा किन फराकीलो हुनुप¥यो, नर्बेकै बाटा फराकीला छन्, १२ लेनका होलान् । उहाँ ती मुलुकमा गएर ६ महिनासम्म बस्न सक्नुहुन्छ । त्यसैले नेपाली जनताको भावुक स्वाभावलाई गलत दिशातिर मोड्ने खेलमा कनकजी लाग्नु भएको छ । भावुकता अग्रगामी होस्, जनता यही चाहन्छन् । यसबारेमा एउटा सानो प्रसँग । तन्नेरी हुँदा मेरो कुनै स्त्रीसँग प्रेम थियो । करीव २० वर्षअघिको प्रसँग हो, जुन अहिले इतिहास भैसक्यो । मेरी प्रेमीकाको अर्कैसँग विवाह भइसक्यो, मेरो पनि अर्कै कन्यासँग विवाह भइसक्यो । दुबैका आ–आफ्ना सन्तान भइसके । उमेर पनि त गइसक्यो । तैपनि कहिलेकाँही उनलाई सम्झदाँ आँखा रसाउँछ । यो भावुकता हो । तर अहिले यो भावुकताको के काम ? अहिले उनलाई सम्झेर व्यर्थको भावुकता बोक्ने हैन, आफना सन्तानको लालन पालनमा ध्यान दिने बेला हो । यसैगरी हामीले हिजोका द्वन्द्वका पिडालाई सम्झेर रोएर काम छैन । बरु, पिडामा मल्हम दल्ने हो । हिजो दुबै पक्षबाट गल्ती भएको हो, दुबै पक्षबाट ‘अब गल्ती नगर्ने है’ भन्दै बृहत शान्ति सम्झौता भएको हो । अब अहिले आएर ‘तैले मान्छे मारीस’ भनेर निहु खोज्ने हो भने, ‘तैंले पनि त टाउकाको मुल्य तोकिस’ भन्न सकिन्छ । ‘तैंले बाँदर मुढेमा बम हानीस’ भन्ने हो भने ‘तैंले दोरम्भा काण्ड गरीस्’ भन्न सकिन्छ । यसरी हिजोका घटना ब्युताउँने हो भने नेपाली समाजमा उच्च निकायमा रहेका करीब ८० प्रतिशत मानिस दोषको भागीदार हुनुपर्ने हुन्छ । पुरै वस्ती, मन्त्रालय, दलको कार्यालय, पत्रिकाको कार्यालय, विदेशी नियोग खाली गराएर उनीहरुलाई जेलमा भर्नुपर्ने हुन्छ । टाउकाको मोल तोकेकोमा शेरबहादुर, खुमबहादुर र देबेन्द्र कँडेलजीहरुलाई जेल हाल्नुपर्ने हुन्छ । हिजोका सैनिक र प्रहरी अधिकारी सबै जेलमा जाकिनुपर्ने हुन्छ । अरु त अरु नेपालमा पश्चिमा सहयोग थापेर द्वन्द्व चर्काउन सहयोग गरेकोमा स्वयं कनकमणीजीलाई पनि जेलमा जाक्नुपर्ने हुन्छ । बृहत शान्ति सम्झौता आम जनताको चाहना हो र त्यसको मर्म नै बिगतका कुरा भुलेर पिडितलाई राहत दिने हो । बेपत्ता परिवारलाई राहत दिउँ न । द्वन्द्वमा मारिएका परिवारका सन्तानलाई जागिरको व्यवस्था गरौं न । हिजोका कटुता विर्सिएर हामी एक–अर्कामा भाइचारा, मेलमिलापको बातावरण बनाउँ न । यसले पो नेपाली समाजमा एकता, शान्ति र विकासको बातावरण बनाउँछ । पश्चगामी चलखेल यसो हुनु भनेको पश्चिमाहरुको हितमा छैन । भनौं न कनकजीहरुको हितमा छैन । किनकी, नेपाली जनताबीच भाइचारा, प्रेम र मिलाप बढयो भने कुन बहानामा नेपालमा घुस्ने ? कुन बहानामा यहाँ डलर खन्याउने ? कनकजीहरुको धन्दा पनि त चौपट हुन्छ । पश्चिमाहरु जसरी हुन्छ, नेपालको शान्ति प्रकृयालाई अर्कै मोडमा लैजान चाहन्छन्, त्यसैका लागि उनीहरु कनकजस्ता पात्रहरुको उपयोग गर्छन् । हामी नेपालीले लामो समयदेखी विदेशी दाताको सहयोग थाप्दै आएका छौं । दाताको सहयोग हाम्रो हित र स्वार्थमा हुन्थ्यो भने हामी नेपाली गरीब हुने थिएनौं ।‘कनकमणी दिक्षित एण्ड कम्पनी’ले नर्वेली दुताबासबाट ६ करोड रुपैयाँ सहयोग लिनुले उनी इमानदार र देशभक्त नागरिक होइनन् भन्ने स्पष्ट हुन्छ । नर्वेका नेपालस्थित राजदूत पिटरसनले कनकलाई रकम दिएको र त्यो पत्रकारिताको विकासको लागि दिएको स्पष्ट पारिसकेकाले कनकले सम्बन्धीत दुताबासबाट रकम लिइसकेको पुष्टी भइसकेको छ । यो पुष्टीसँगै कनकमाथि लामो समयदेखी लाग्दै आएको ‘डलरमणी’को आरोप पनि पुष्टी भएको छ । यसमा कुनै दुविधा रहेन की उनी नेपालमा डलर भित्रयाउन माहिर पत्रकार हुन् । मुलुकमा त्यस्ता धेरै पत्रकार छन्,जसले श्याम÷श्वेत साप्ताहीक पत्रिका चलाउन न्युज प्रिन्ट कागज किन्ने पैसा जुटाउन सकिरहेका छैनन् । अनी यहाँ कनकजस्ता पत्रकार पनि छन्, जसले पत्रिका चलाउन विदेशी दुताबासबाट करोडौं हात पार्दा रहेछन् । नर्वेको घटना सतहमा आयो, पुष्टी भयो, तर यस्ता अन्य दुताबास पनि होलान्, जहाँबाट कनकले यसैगरि रकम थापेका हुनसक्छन् । नेपाली समाजमा मौलाएको डलरको खेतीका कनक अगुवा किसान हुन् भन्ने यो घटनाबाट पुष्टी भएको छ । नर्वेली राजदूतले कनकले रकम दुरुपयोग गरे–नगरेको छानविन गर्ने बताएका रहेछन् । यसमा कुनै दुइमत छैन, कनकले रकमको भरमार दुरुपयोग गरेका छन् । नर्वेली राजदूतको भनाइ अनुसार उनले ६ करोड रुपैयाँ हिमाल खबरपत्रिकालाई दिएका हुन् । हिमाल खवरपत्रिकाले लामो समयदेखी एमाओवादी र खासगरी यो पार्टीका शीर्ष नेताहरुविरुद्ध जेहाद छेड्दै आएको छ । नेपालको कुनै एउटा दल र त्यसका नेताहरुमाथि निरन्तर रुपमा प्रोपोगण्डा पत्रकारिता गर्नु नर्वेली रकमको दुरुपयोग हो की हैन ? नर्वेली दुताबासले ‘एमाओवादीविरुद्ध विषबमन गरेर एमाओवादीलाई भित्तैमा पु¥याउन’ भनेर कनकलाई सहयोग गरेको हो त महामहिम ? यदि हैन, तपाईहरुको रकमको भरमार दुरुपयोग भइरहेको छ, त्यो दुरुपयोगको प्रमाण हिमाल खबरपत्रिकाका हरेक अंक हुन्, एक पटक पल्टाएर हेर्नुस् । यदि यहाँहरुको नियतमा कुनै खोट छैन भने महामहिम, यहाँहरुको सहयोगको त दुरुपयोग भइरहेकै छ ।


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्