कोइला खानी विस्फोटमा तेह्रको मृत्यु


 कुन्मिङ्ग, बैशाख ८ – दक्षिणपश्चिम चीनको युनान प्रान्तमा सोमबार बिहान एक कोइला खानीमा भएको ग्याँस विस्फोटनबाट भएको दुर्घटनामा १३ व्यक्तिको मृत्यु भएको छ ।
स्थानीय सरकारले सोमबार जनाएअनुसार ती सो विस्फोटमा परी अरु केही घाइते भएका छन् । युनान प्रान्तको किजीङ्गसहरको फुयुआन नगरमा अवस्थित होङ्गटुटीआन कोइला खानीमा सो घटना भएको जनाइएको छ ।
स्थानीय समयाअनुसार सोमबार बिहान १२:३० सो घटना भएको जनाइएको छ । अकस्मात विस्फोट भएपछि कयौं अरु मजदुर पनि घाइते भएका छन् ।
दुर्घटनाको समयमा सो खानीमा ५६ जना व्यक्ति कार्यरत रहेका र ४२ जना भागेर ज्यान जोगाउन सफल भएका बताइएको छ ।
सो खानीमा फसेर रहेका १४ जनामा उद्धारकर्ताहरुले १३ व्यक्तिको शव निकालेका जनाइएको छ । सो कोइला खानी निजी कम्पनीले सञ्चालन गर्दै आएको पनि समाचारमा जानकारी दिइएको छ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्