साउदी मा छड को अर्कै धमाका तपाई कतै छुट्नु भयोकि


भरत प्रधान /साउदी अरब, मंसिर २ ।

शुद्धता र आपसी सद्भावको प्रतिक छठ पर्व स्वदेशमा समापन भएको भएपनि साउदी अरबमा रहेका प्रवासी नेपालीहरुमा भने यस पर्वको रौनकता शुरु भएको छ ।

छठ पर्वका दिन (हिजो) बिदा नमिलेका कारण छठ मान्न नपाएका प्रवासी नेपालीहरुले बिदाको दिन पारेर यही आउंदो शुक्रबार हर्षोउल्लासका साथ छठ पर्व मनाउने भएका हुन् ।
तराई मधेशको साझा साँस्कृतिक पर्वको रुपमा मनाईने छठ पर्व धुमधामका साथ मनाउनका लागि यहां रहेका मिठीलाबासीहरु छठ पूजाको बिशेष तयारीमा जुटेका छन् ।

मिथिलाबासीहरुको साझा सँस्था मिथिला एकता समाज साउदी अरेबियाको आयोजनामा रियादको एक्जीट एटीन सुलईमा धार्मिक बिधी बिधान सहीत छठ पूजा हुने भएको हो । प्रवासमै भएपनि आफ्नो मौलिक रितीरिवाज र धार्मिक सँस्कारलाई निरन्तरता दिने उद्धेश्यले छठ पूजाको तयारी गरिएको समाजका अध्यक्ष सुनिल प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
साउदी अरबको कानुनी ब्यबधानका कारण सार्वजनिक स्थानमा यस्ता खालका गतिबिधी गर्न नमिल्ने भएकाले स्वीमीङ् पूलमा (तलाउ) छठ पूजा गरिने गुप्ताले बताउनुभयो । छठ पूजाका लागि आवश्यक पर्ने सामाग्रीहरुको सँकलन लगायतका तयारी भईरहेको गुप्ताले जानकारी दिनुभयो । यही २० नोभेम्बर शुक्रबारका दिन हुने छठ पूजामा साउदीमा रहेका नेपाली समुदाय सहित दुतावास सम्बद्ध ब्यक्तित्वहरु, साउदीमा रहेका बिभिन्न संघसंस्थाका ब्यक्तित्व गरि झण्डै ४ सय जनाको सहभागिता रहने बताईएको छ ।
मिथिला समाजले चौथौं पटक आयोजना गर्न लागेको छठ पूजामा सहभागी भई हर्षोउल्लासका साथ यो पर्व मनाउन साउदी अरबमा रहेका सबै नेपाली समुदायलाई आग्रह समेत गरेको छ ।
साउदी अरबको ईस्लामिक कडा कानुनका कारण सार्बजनिक स्थानमा पूजापाठ गर्न यहाँ गैर कानुनी मानिन्छ । मुस्लिम धर्ममा गर्न नहुने कुनै पनि गतिबिधी गर्न बन्देज भएपनि यहांका नेपालीहरुले अनुकुतला मिलाएर आफ्ना धार्मिक र साँस्कृतिक पर्र्वहरु मनाउने गरेका छन् 

, , , , , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्