मोटरसाइकलले ४ लिटर पेट्रोल पाउने, मंगलबारबाट लट अनुसार बाँडिने


रविन्द्र घिमिरे
२०, मंसिर, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा पर्सी मंगलबारदेखि निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने भएको छ ।
यसअघि सोमबारदेखि वितरण गर्ने भनिएको थियो । तर, आइतबार भएको छलफलले सवारीको लटका आधारमा मंगलबारदेखि दिन बिराएर चार दिन मोटरसाइकल पेट्रोल दिने निर्णय गरेको छ ।
निगमले यो पटक दिन बिराएर लट अनुसार तेल बाँड्ने भएको छ भने मोटरसाइकललाई चार लिटरका दरले तेल दिइने भएको छ ।
२२ गते मंगलबार १ देखि २५ लटका मोटरसाइकलले तेल भर्न पाउनेछन् भने २४ गते बिहीबार २६ देखि ४० लटका मोटराइकलको पालो आउनेछ ।
२६ गते शनिबार ४१ देखि ५५ र २८ गते सोमबार ५६ देखि माथिका लटका मोटरसाइकललाई तेल बिक्री गर्ने तालिका बनेको छ ।
कारलाई भने मोटरसाइकललाई वितरण गरेपछि छुट्टै तालिका बनाए तेल बाँड्ने निर्णय भएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई बताए ।
९ बजेबाट तेल वितरण 
निगमले यो पटक विहान ९ बजेबाट तेल वितरण सुरू हुने बताएको छ । यसका लागि अघिल्लै दिन पम्पहरुमा तेल पुर्‍याइने प्रवक्ता घिमिरेले बताए । तेल झारेपछि बिहान ९ बजेसम्म पम्पहरू सिल गरिनेछ ।

, , , , , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्